काठमाडौ, २० चैत । निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, हिसिला यमीलगायतका नेताहरु पक्राउ परेका छन् ।
दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलले निर्वाचन आयोगमा धर्ना दिनेक्रममा प्रहरीले नेतालाई पक्राउ गरेको हो । नाराजुलससहित निर्वाचन आयोगको कार्यालय बहादुरभवनतर्फ अघि बढेका भट्टराईसहितका नेतालाई प्रहरीले पक्राउ गरेको हो ।
बहादुर भवन नजिकैबाट भट्टराईसहित ५० जना पक्राउ गरेको प्रहरीले जनाएको छ । यसैबीच वैद्य माओवादीका उपाध्यक्ष सिपी गजुरेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।











