दाङ, चैत्र १५ । नेपाल पत्रकार महासंघ दाङले ६२ औ स्थापना दिवस मनाउने भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने पत्रकार महासंघले बताएको छ ।
बुधबार १ बजे महासंघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान कार्यक्रम गर्ने र आफ्नो कार्ययोजना सार्वजनिक गर्ने बताएको छ । महासंघले तिन वर्षे कार्यकालमा सञ्चालन गर्ने तथा सम्पादन गर्ने कार्ययोजनाहरु स्थापना दिवसको अबसरमा आयोजना गरीएको कार्यक्रममा सार्वजनिक गर्ने महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभएको छ ।
साथै कार्यक्रममा उपस्थितीका लागि सम्पुर्ण सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघसस्थाका प्रमुख तथा प्रतिनिधि, राजनितीक दल, नागरीक समाज, अधिकारकर्मी, पेसाकर्मी, विभिन्न संचार संगठनका प्रमुख प्रतिनिधिहरुलाई महासंघले आग्रह गरेको छ ।











