एजेन्सी, ८ चैत । माइक्रोसफ्टका सह–संस्थापक तथा विश्वकै धनी बिल गेट्स लगातार चौथो पटक विश्वकै धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति ८६ अर्ब डलर रहेको छ ।

Untitled-1 copyबिल गेट्सपछि दोस्रो स्थानमा बर्कसायर ह्याथवेका प्रमुख वारेन बफेट छन् । उनको सम्पत्ति ७५.६ अर्ब डलर छ । तेस्रो स्थानमा अमेजनका जेफ बेजोस रहेका छन् । उनको सम्पत्ति ७२.८ अर्ब डलर रहेको छ ।

त्यहाँबाट प्रकाशित हुने फोब्र्स पत्रिकाले प्रतिवर्ष प्रकाशित गर्ने सूचीअनसार विभिन्न दश व्यक्तिहरुलाई विश्वका धनी व्यक्तिको रुपमा अघि सारेको छ । उनीहरुको सम्पत्तीको आधारमा धनी व्यक्तिको रुपमा अघि सारिएको बताइएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भने २२० स्थान तल झरेर ५४४ औँ स्थानमा पुगेका छछन् ।

फोर्ब्सका अनुसार १० शीर्ष अर्बपति 

– बिल गेट्स- ८६ अर्ब डलर
– वारेन बफेट-७५.६ अर्ब डलर
– जेफ बेजॉस-७२.८ अर्ब डलर
– अमानिको ओर्टेगा-७२.२ अर्ब डलर
– मार्क जुकरबर्ग- ७०.० अर्ब डलर
– कार्लोस स्लिम-५९.५ अर्ब डलर
– ल्यारी एलिसन-५२.२ अर्ब डलर
– चार्ल्स कोच- ४८.३ अर्ब डलर
– डेभिड कोच- ४८.३ अर्ब डलर
– माइकल ब्लूमबर्ग- ४७.५ अर्ब डलर