काठमाडौं ८ चैत्र । गैरकानुनी कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने गरी – साउदी अरब सरकारले आइबार ९० दिनको आममाफीको घोषणा गरेको छ ।

saudi-gairakanuni kamdarयो मार्च २९ बाट लागू हुनेछ । साउदीका राजकुमार, उपप्रधान तथा गृमहन्त्री मोहमद विन नैफले उल्लंघनबिनाको देश अभियान सुरु गर्दै आममाफी दिइएको हो ।

गरकानुनी ढंगले साउदीमा बसोबास गर्ने विभिन्न राष्ट्रका कामदारलाई करिब तीन महिना भित्र बिना सजाए आफ्नो देश छोड्न घोषणा गरेपछि कानुनी रुपमा निकै कडा मानिएको साउदीमा लुकिछिपी काम गर्ने विभिन्न राष्ट्रका कामदारले ठुलो राहत महसुस गरेकाछन ।