तुलसीपुर १९ कात्तिक । नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी रजिष्ट्रार कार्यालय काठमाडौ तथा तुलसीपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम भएको छ । अन्तरक्रियामा कम्पनी दर्ता, कम्पनी प्रशासन तथा खारेजी लगायतका वारेमा जानकारी गराइएको थियो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा कम्पनी रजिष्टार कार्यालयका उपरजिष्टार चन्द्र प्रकाश देवकोटाले तुलसीपुर क्षेत्रका एक सय वढी व्यवसायीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कार्यलयको काम कर्तव्य र अधिकार , कम्पनी दर्ता , राजस्व , संगठनात्मक ढाचा, प्रा.लि . दर्ता तथा संचालन, सूचनाको हक ऐन, कम्पनी निर्देशिका लगायतका विभिन्न विषयमा छलफल भएको हो । कार्यक्रममा विभिन्न संघ संस्था , उद्योगी व्यापारी व्यवसायी, विभिन्न विद्यालयहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण महासचिव नेत्रलाल वलीले गरेका थिए ।











