काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले भाइटीकाको दिन आफ्ना बहिनीहरूसँग सरकारी निवास बालुवाटारमा रमाइलो गरेका छन् ।
निधारमा रातो टीका लगाएका प्रधानमन्त्री दाहालले भाइटीकापछि परिवारहरूसँग सामूहिक तस्बिर पनि खिचाएका छन् । निधारमा रातो टीका लगाएका दाहालले माला भने लगाएका छैनन् ।
प्रधानमन्त्री दाहालका छोरा प्रकाश दाहालले आफ्नो फसबुकमार्फत सार्वजनिक गरिएका तस्बिरमा दाहाल माला विहीन देखिएका छन् ।















