bhir

सल्यान २४ असोज ।  भिरबाट लडेर सल्यानमा एक जनाको मृतयु भएको छ । सल्यान देवस्थल ९ का ५२ वर्षिय जयवहादुर वुढाको सोमबार भीरवाट लडेर मृतयु भएको छ ।

वाख्राका लागि घाँस काट्न गएका बुढाको भिरबाट लडेर मृतयु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

उहाँ घांस काट्न भनी घर नजिकैको जंगलमा जानुभएको थियो ।