सिरहा, ४ असोज । सिरहाको मिर्चैैया–१ बाट आधुनिक हतियारसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले सिरहाको विद्यनगर– ८ का ३४ वर्षे जाहिर राय र धनुषा सिंहराही मडान–३ का २४ वर्षे नागेन्द्र यादवलाई आधुनिक पेस्तोलसहित पक्राउ गरेको हो ।

 pestolउनीहरुलाई सोमबार राति पक्राउ गरी आज सार्वजनिक गरिेको प्रहरीले जनाएको छ । जाहिर रायनले कम्मरमा सर्टले छोपी राखेको अवस्थामा युएसए अटो पेस्तोल एक वटा र ९ रावउण्ड गोली लोड भएको म्याग्जिन र एक वटा खाली म्याग्जिन बरामद गरेको प्रहरीले जनाएको छ । त्यस्तै नागेन्द्र यादवले कम्मरमा टिसर्टले छोपी लुकाई राखेको अवस्थामा नलकटुवा पेस्तोल वटा र पाँच राउण्ड गोली बरामद गरेको छ ।