इन्द्रेणी संवाददाता
वुटवल, ४ असोज । लागु औषधसहित बुटवलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पाल्पा जुठापौवा–५ का ३३ वर्षे रेशम थापालाई नुफिन, फेनारगन र केरेजाक नामका अबैध लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो ।
सोमबार राति उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका थापालाई लागु औषध ऐन अनुसार कारबाही हुने प्रहरीले बताएको छ ।











