जव दुई वर्ष पहिले श्रीमान श्रीकृष्ण श्रेष्ठको निधन भयो नायिका श्वेता खड्डकालाई सहिनसक्नुभयो । उनी धेरै समयसम्म उदासिन भइन् । तर विस्तारै श्रीमानको निधन भएको समय लाम्विदै गयो । उनले त्यो पीडा पनि भुल्दै गएकिछिन् ।
नायिका श्वेता खड्का दुई वर्षपछि रातो रङको ड्रेस लगाएकी छिन् । श्रीमानको निधनपछि निकै लामो समयसम्म डिपे्रशनमा परेकी उनी विस्तारै आफूलाई सामान्य जीवनमा ल्याउने प्रायसमा छिन् ।
हालै मात्र श्वेताले रातो गाउन लगाएको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । तस्वीर स्टुडियोमा फोटोसूट गरेकी श्वेता रातो रंगमा निकै खुलेकी देखिन्छिन् ।














