रामेछाप, भदौ ३१ ।सदरमुकाम मन्थलीबाट शुक्रबार दिउँसो मन्थली नगरपालीका १३ को बडिमुहानका लागि छुटेको ना ५ त ७७५८ नम्बरको ट्याक्टर वडिमुहानको राम्चेमा दुर्घटना हुँदा ट्याक्टरका सहचालक सिन्धुली लाङपाङटारका नविन कार्कीको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।
मन्थली नगरपालीका–१३ का काजीदाश श्रेष्ठ, बाबुराम विक, शम्भु रम्तेल र निलहरी राम घाइते भएका छन् । उनीहरुको सबैको मन्थली स्थित तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
ट्याक्टरमा मन्थली नगरपालीका–१३ को वडिमुहानमा लिफ्ट सिस्टमको खानेपानीको लागि बिजुलीको पोल र खानेपानीको पाइप बोकेर गएको ट्याक्टर दुर्घटना भएको हो ।।











