बझाङ, भदौ ३१  । वझाङमा घरमै असुरक्षित रुपमा सुत्केरी गराउँदा बिरामी परेकी एक महिलाको उपचार गर्ने भन्दै झाँक्री लगाउँदा ज्यान गएको छ । भातेखोला गाविस–१ द्धारी कौसाण बस्ने ३० वर्षकी सुन्तला देवी कठायतको उपचार गर्ने भन्दै झाँक्री लगाउँदा ज्यान गएको हो ।
sutkeriघरमा सुत्केरी भएकी कठायतको अत्याधिक रक्तश्राव भएको पूर्व गाविस अध्यक्ष गोपाल बहादुर कठायतले बताउनुु भयो । अत्याधिक रक्तश्राव हुँदासमेत उनलाई अस्पताल लगिएन । गोपाल कठायतका अनुसार सुन्तला देवी कठायतले सुत्केरी भएको केही दिनपछि मानसिक असन्तुल बिग्रेको जस्तै व्यवहार देखाउन थालेकी थिइन् ।

सुत्केरी भएको केही दिनमै घरमा बच्चा छोडेर पानी नजिकै जाने, पानीमा डुबुल्की मार्ने, पानीबाट घर आउन नमान्ने जस्ता ब्यवहार गर्ने गरेको आफन्तले बताएका छन् । यस्तो ब्यवहार गर्दा परिवारका सदस्यले स्वास्थ्य चौकी ल्याउनु भन्दा गाउँमै धामी झाँक्री गरेका थिए । अस्पताल नलगी गाउँमै झाँक्री लगाउँदा कठायतको ज्यान गएको हो ।।