बालकृष्ण लामिछाने
घोराहीे, ३० भदौ । अस्ट्रेलियन एड, कारीतास अस्ट्रेलिया र कारितास नेपालको सहयोगमा सीसा नेपाल द्वारा दाङको लक्ष्मिपुर र रामपुरमा संचालित युवा तथा बालबालिका शसक्तिकरण कार्यक्रम अन्तर्गत जिल्लास्तरीय युवा तथा बाल क्लवका पदाधिकारीहरुसंगको बैठक सम्पन्न भएको छ ।
युवा तथा बालबालिका को हक अधिकार सुनिस्चि तगर्न सघाउपुर्याउने हेतुले संचालित परियोजना अन्तर्गत गठित युवा तथा बाल क्लवका प्रतिनिधिहरुको बैठक सम्पन्न भएको हो ।सीसा नेपालका केन्द्रिय अध्यक्ष साजिदा सिद्धिकिको सभाअध्यक्षतामा सम्पन्न बैठकमा संस्थाले परियोजना अन्तर्गत आगामि कार्य तथा पुर्व कार्यको समिक्षा गरिएको पत्रकार बालकृष्ण लामिछानेले जानकारी दिएका छन् ।।











