इन्द्रेणी संवाददाता
बुटवल, ३० भदौ। बुटवल–बेलहिया सडकखण्डमा १२ ओटा आकाशे पुल बन्ने भएका छन् । व्यापारिक मार्ग विस्तार परियोजना बुटवल–बेलहियाले बुटवलमा सात, तिलोत्तमामा दुई र भैरहवामा तीन ओटा गरी १२ ओटा आकाशे पुल (ओभरहेड ब्रिज) निर्माणको काम अगाडी बढाइएको हो ।

33बढ्दो सहरीकरण र सवारीसाधनको चापले पैदल यात्रुलाई समस्या भइरहेका बेला पुल बनाउने तयारी थालिएको परियोजनाले बताएको छ । यो सडकको लम्बाई करीब २७ किलोमिटर छ । परियोजनाका ईञ्जिनियर लिलाबहादुर भण्डारीले आकाशे पुलको योजना यही भदौ १५ गते राष्ट्रिय योजना आयोगबाट स्वीकृत भई टेण्डर प्रक्रियामा जाने तयारीमा रहेको जानकारी दिए । ‘

बुटवलको गोलपार्क, ट्राफिकचोक, हस्पिटल लाइन, मिलनचोक, राजमार्ग चौराहा, कालिकानगर (कालिका उमावि अगाडि) र योगी कुटीमा आकाशेपुल बन्नेछन् । त्यस्तै, तिलोत्तमाको जानकी नगर, ड्राइभरटोल तथा भैरहवाको बुद्धचोक, देवकोटा चोक र आँखा हस्पिटल अगाडि आकाशे पुल निर्माण हुने योजनामा छ ।