वुटवल, २४ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राज्य पुर्नस्थापना र धर्मनरपेक्षता खारेज गर्नुपर्ने बताएका छन् । मधेसवादी दलहरुको मागअनुसार संविधान संशोधन हुने भए आफूहरुको मागअनुसार पनि उक्त कुरा खारेज हुनुपर्ने वताएका हुन ।Former-Home-Minister-and-RPP-Nepal-Chairman-Kamal-Thapa-700-1050915

शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले धर्मनिरपक्षेता खारेज गर्नुपर्ने माग गर्दै त्यसो नभए जनमत संग्रहमा जान पनि तयार रहेको वताए ।

प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणका लागि थापा बुटवलमा रहेका छन । थापाले प्रधानमन्त्री प्रचण्डले बिहीबार संसदमा गरेको सम्बोधनलाई सस्तो लोकप्रियता भनेर टिप्पणी गरेका छन ।।