अपाङ्गहरुका क्षेत्रमा एउटा उदाहरणीय नाम हो रामशंकर यादव । अपाङगहरुले केही गर्न सक्दैनन् घरका बोझ हुन् भन्ने मान्यतालाई बेला–८ भैसहवाका निवासी रामशंकर यादवले ठिक उल्टो बनाईदिनुभएको छ ।

12814650_521774208032315_3075581036972629094_nजन्मदा सपाङ्गका ?पमा जन्मीएपनि घरपरिवारको लापरवार्हीका कारण सात/आठ बर्षको उमेरमा पोलियोका कारण बायाँ खुट्टा गुमाउनु भएको रामशंकर अहिले अपाङ्ग व्यक्तिहरुलाई समेत चुनौति दिदै उदाहरणीय पत्र बन्न सफल हुनुभएको छ । पोलियोकै कारण जिन्दगीभरलाई बायाँ खुट्टा गुमाउनुभएका रामशंकर अहिले बैशाखीको शाहरामा हिड्नु हुने रामशंकर घरव्यवहार चलाउनका लागि पसलसँगै अपाङ्गता भएका क्षेत्रमा काम गर्ने एक गैसरकारी सस्थामा काम गर्दै राम्रो आर्थिक आम्दानी समेत गर्नुहुन्छ । जीन्दगीको आधा साहरा बैशाखी भएपनि आफ्नै जीन्दगीसँगै पुरै परिवारको जीन्दगी पाल्नका लागि समेत उहाँ संघर्षको मैदानमा संघर्षरत हुनुहुन्छ । ३२ बर्षिय रामशंकरका सामु आफुसँगै आफु जस्तै अपाङ्ग श्रीमति,एक छोराका साथै घरपरिवार पाल्नुपर्ने जिम्मेवारी समेत रहेको छ ।

घरमा भएका तीनभाई छोरा र छ बहिनी छोरीह? मध्ये सवैभन्दा जेठो छोरा भएकाले पनि रामशंकरलाई घरको रेखदेखसँगै बुबाआमा विरामी हुदा उपचारको लागि आवश्यक जोहो रामशंकरले गर्नुपर्ने अवस्था रहेको छ । ‘लङ्गडाले के पर्ला भन्थे गाउँमा,उनीहरुको लागि देखाउने चुनौति रहेको थियो त्यही अवस्थामा घर छोडेर घोराही आउदा निकै चुनौति झेल्नु प¥यो रामशंकर बताउनुहुन्छ, आफुले पढईका साथै अलिअलि गरी कमाइएको पैसावाट घडेरी समेत किनेपछि घरपरिवारसँगै गाउँह?ले समेत राम्रो मान्न थालेको छन ।’ पढाईका लागि घोराही आउनुभएका रामशंकरले अन्तरजातिय विवाह गर्दा,परिवारसँग टाढा हुनु परेको थियो,अन्तरजातिय विवाह गरेकै कारण झण्डै चार पाँच बर्ष घरपरिवारसँग बिछोड हुनु परेको थियो,तर पछि आफुले विस्तारै प्रगति गर्दै गएपछि घरपरिवारसँग सम्वन्ध सुधार हुदै गयो, र अहिले घरपरिवारलाई समेत आफुले हेर्नु परेको बताउनुहुन्छ ।

1441510_163139693895770_1948000922_nजागिरसँगै रामशंकरले घोराही–११ भरतपुरमा ढेव्लीमा सानो भएपनि किराना पसल समेत सञ्चालन गर्दै आउनुभएको छ । पसलमा किरानाका सामाग्रीह?सँगै तरकारी लगायतका सामानह? राख्नुभएको छ । पसलमा विहान र साँझ आफुले हेर्नु हुन्छ र दिउँसो पसल श्रीमतिले हेर्दै आउनभएको छ । विवाहपछि घरपरिवारसँग सम्वन्ध टुट्दा परिवार पाल्नका लागि साथीसँग लिएको एक हजार तीन सय ?पैयावाट सु? गरेको पसल अहिले परिवार पाल्नका साथै छोराको पढाई खर्च समेत पसलवाटै उठ्ने गरेको छ ।

‘क्याम्पस पढ्न देउखुरीवाट घोराही आएको मैले दाङ लक्ष्मीपुर गाविसवाट थापाकी छोरीसँग अन्तरजातिय विवाह गरेपछि घरवाट पठाउने गरेको खर्च पढाउन छोडेपछि बाध्य भएर नयाँ बजारमा एक हजार तीन सयवाट नुन,तेल,चाउचाउँ लगायतका सामानह? राखेर पसल सु? गरेको रामशंकर बताउनुहुन्छ । अपाङ्ग भएकाले होला पसल गर्छु भन्दा आफन्त,सार्थीह?ले ऋण दिन मानेर तर एक जना एउटै घरमा बस्ने साथीले साहेद आफ्नो दु।खलाई देखेर होला सहयोग गर्नुभयो आज त्यही सहयोगवाट जीवनलाई यहाँसम्म ल्याउन सकेको रामशंकर बताउनुहुन्छ । जीवन सहज बनाउनका लागि माइतीवाट समेत सहयोग भएको छ ।

जागिर,पसलका साथै रामशंकर घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसवाट विएड तेश्रो बर्षको जाच समेत दिनुभएको छ । अध्ययनमा अव्वल मानिने रामशंकरलाई आफु जस्तै अपाङ्ग श्रीमतिले सहयोग गर्दै आउनुभएको छ । दुवै जना शारिरिक ?पमा अपाङ्ग भएपनि उहाँह?वाट जन्मीएको छोरा भने अपाङ्ग छैननु । छोरालाई अहिले घोराहीको गोरखा बोर्डिङ स्कुलमा अध्ययन समेत गराउदै आउनुभएको छ । विहान तीन बजे उठेर पसलका लागि आवश्यक तरकारी लिन गाउँ जाने,तरकारी लिएर पसल खोल्ने र खाना खाएर अफिल जाने रामशंकरलाई नियमित भएको छ । पढाईसँगै रामशंर अपा«्गह?का साथे प्राकृतिक विपद्का क्षेत्रमा काम समेत गर्दै आउको अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्चमा समेत आवद्ध भएर अपा«गसँगै प्राकृतिक विपदका क्षेत्रमा काम गर्दै आउनुभएको छ । त्यसका अलाव रामशंकरले आफुलै सञ्चालन गरेका सामावेशी अपाङ्ग संघ नामक एक गैरसरकारी सस्था समेत चलाउदै आउनुभएको छ