पर्सा, भदौ २३ । पर्सा प्रहरीले १८ ग्राम खैरो हेरोइनसहित पर्साबाट एक भारतीय महिलालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो वीरगञ्ज शाखाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज–१९ रजत जयन्त्री चोकबाट भारतीय नागरिक मिना देवी हजामलाई पक्राउ गरेको हो ।arest

भारतको मोतीहारी जिल्ला हरैया थाना परेवा गाउँ–१ तुमरिया टोलकी ५४ वर्षकी हजरा चेकजाँचको क्रममा पक्राउ परेकी हुन । हजामको विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।।