nepal japanकाडमाडौ १७ भदौ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको छ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थपनाको ६० औं वर्षगाँठको अवसरमा आज नेपाल र जापाजमा विशेष कार्यक्रम गरिदैछन् ।

आज काठमाण्डुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जापानी जापानका विदेश राज्यमन्त्री नोबु किसाइको उपस्थितिमा कार्यक्रम हुँदैछ । कसाइका द्विपक्षीय दौंत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव समारोहमा भाग लिन नेपालको तीनदिने औपचारिक भ्रमणमा नेपाल आउनु भएको छ ।

बिहान ११ बजे काठमाण्डुको तारे होटलमा विशेष कार्यक्रम गरिदैछ । जापानले बर्षगाठको अवसरमा काठमाडौं–नौबिसे सुरुङमार्ग निर्माणका लागि जापानले सहयोग बताएको छ । जापानले दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई दिने एक अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग सम्झौतामा हिजो हस्ताक्षर भएको छ ।