घोराही । दाङको पुर्बी क्षेत्रमा रहेका चार गाबिसहरुले पुर्नसंरचनामा चित्त नबुझेको बताएका छन् । गोवरडिहा ,लालमटिया ,सिसहनिँया र हाँसीपुरमा गठित संवाद समितिले  बुधबार  घोराहीमा पत्रकार सम्मेलन गरी आपत्ती जनाएको छ । संघिय पुर्नसंरचनामा चार गाबिसहरु मिलेर एक गाँउपालिका वनाउन स्थानीयहरुले माग गरेपनि पुर्नसंरचना प्राविधिक समितिले आफुखुसी लमही नगरपालिका , सिसहनिया ,गोवरडिहा ,गंगापस्पुर र लालमटिया गाविसको केही क्षेत्र मिलाएर राप्ती नगरपालिका वनाउने गरी भएको सरकारी निर्णय प्रति उनीहरुले आपत्ति जनाएका हुन् ।

पत्रकार सम्मेलनमा संवाद समितिका संयोजक लुमाकान्त सुवेदीले भौगोलिक अवस्था , नागरिक सेवा सुविधा र अन्य आधारमा चार ओटा गाबिसलाई  एक गाँउपालिका वनाउनु पर्ने माग गरेका थिए । ती गाबिस भौगोलिक एक गाविस समिति रहेकाले विभाजन नगर्न सरकार संग माग गरेका थिए । साथै उक्त संवाद समितिले स्थानिय विकास मन्त्रालय , जिल्ला विकास समिति , जिल्ला प्रशासन कार्यालय र  नेपाल पत्रकार महासंघ दाङलाई समेत ध्यानकर्षण पत्र वुझाएको छ । गाविस स्तरिय संयूक्त राजनितिक दलहरुले पनि उक्त कार्यको घोर आपत्ती जनाएका छन ।