नवलपरासी, १५ भदौ ।
पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा ट्रकको ठक्करबाट जयनारायण पौडेल र आसिम आलमको मृत्यु भएको छ । पौडेल कावासोती नगरपािलका–१६ निवासी ट्रक साहु हुन भने भारतिय नागरिक आलम गाडीको मिस्त्री रहेको प्रहरीले जनाएको छ ।पौडेलले ६५ दिन अघि किनेको ना५ख २४५ नम्बरको ट्रक दाउन्ने पहाडमा बिग्रेर बसेको थियो ।accबनाएर हिँडन लाग्दा बर्दघाटबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४५९८ नम्बरको ट्रकले उनिहरुलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । उनीहरु मोटरसाइलक चढेर घरतर्फ जाने तर्खरमा थिए । यो घटनासँगै नवलपरासी अन्तर्गत महेन्द्रराजमार्गमा विगत ९ दिनको अवधिमा ११ जनाको मृत्यु भएको छ ।

महेन्द्रराजमार्गको १०० किलोमिटर खण्ड नवलपरासीमा पर्छ । हाइवे पेट्रोलिङको भरपर्दो व्यवस्था नहुँदा नवलपरासीमा सडक दुर्घटना नियन्त्रण हुन सकेको छैन ।।