भाद्र ११, 
धरानमा सुत्केरी वलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन । एकसाताको सुत्केरी महिला बलात्कार गरेको आरोपमा धरान–१५ बाझोगरा बस्ने ३६ बर्षीय धनबहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।raped

पक्राउ परेका दमाई विरुद्ध इलाका प्रहरी कार्यालय धरानले शुक्रबार नै जवर्जस्ती करणी ऐन अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान थालिएको डिएसपी ढकेन्द्र खतिवडाले बताए । दमाइले धरान–१५ बस्ने सुत्केरी महिलालाई हतियार देखाएर बलात्कार गरेका वयान दिएका छन् ।

गत बुधबार राती सुत्केरी महिला बलात्कार गरेर फरार रहेका दमाइलाई शुक्रबार प्रहरीले श्याम चोकबाट पक्राउ गरेको हो । बलात्कृत सुत्केरी महिला रगतपच्छे भएको अबस्थामा अभियुक्त दमाईकै घरबाट छिमेकीले उद्धार गरेका थिए ।।