इन्द्रेणी संवाददाता
दाङ, ७ भदौ ।
दाङमा जर्वजस्ती करणी मुद्धामा अदालतवाट सजाय सुनाइएका तर फरार रहेका एक अभियुक्त पक्राउ परेका छन । २०७१ साल असोज १५ गते दाङ घोराही नगरपालिका १ सर्रा स्थित रोल्पा डुबिडाँडा ३ घर भई सर्रामा बस्दै आएकी एक महिलालाइ जर्वजस्तीकरणी गरेको अभियोगमा सर्रामा वस्दै आएका २० वर्षका दुर्गा चौधरीलाइ प्रहरीले पक्राउ गरेको हो ।२०७३।५।७(1)
चौधरीलाई रोल्पा दुविडाँडाकी एक ३५ वर्षकी महिलालाइ सामुहिक वलात्कार गरेको अभियोग लागेको छ । सामुहिक जवरजस्तिकरणी गरेको मुद्धामा पिडितको जाहरीले जिल्ला अदालत घोराहीले २०७३ असार ६ गते घोराही नगरपालीका वडा नं. १ सर्रा बस्ने १९ वर्षका गुरु प्रसाद चौधरी, २० वर्षका प्रदिप चौधरी र १९ वर्षका बिक्रम चौधरीलाइ सफाइ दिएको थियो ।

यस्तै पुनरावेदन अदालत तुल्सीपुर दाङको गत जेठ ११ गतेको फैसलाले पवन डि.सी.र चौधरीलाई १० वर्ष कैद सजाय तोकेको थियो । कैद समाय तोकिएका चौधरीलाई जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट खटिएको बिशेष प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई आवश्यक कार्वाहीको लागी दाङ देउखुरी जिल्ला अदालत घोराही दाङ पठाईने दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।।