धरान, ५ भदौ ।
धरानमा अवैध गाँजासहित ५ महिला पक्राउ परेका छन् । विष्णुपादुका क्षेत्रबाट अवैध रुपमा लुकाइछिपाई बिक्री वितरणका लागि धरानतिर ल्याउने क्रममा अवैध गाँजासहित उनीहरु प्क्राउ परेका हुन । इलाका प्रहरी कार्यालय धरानका अनुसार ती पाँच महिलासँगै अरु दुई जना पुरुषलाई पनि लागुऔषधसहित पक्राउ गरिएको छ ।

नबवब-430x316

धरान २६ मानेभञ्याङ चोकबाट धरानतिर आउँदै गरेका झोला बोकेका महिलालाई शङ्कास्पद अवस्थामा खेपछि जाँच गर्दा उनीहरुले बोकेको झोलामा अवैध गाँजा फेला परेको प्रहरीले बताएको छ ।

पाँचैजना महिलाले झोलामा गाँजाको प्याकेट बनाएर बोकेको अवस्थामा फेला परेको गाँजा ३९ किलो रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिँदै पक्राउ परेकाहरुमा भोजपुर हसनपुरकी २५ वर्षीया दिलकुमारी राई, धनकुटा छिन्ताङकी १७ वर्षीया सुनिता राई, ४५ की आशा राई, ५२ वर्षीया श्यामकुमारी राई र ३५ वर्षीया राजकुमारी राई पक्राउ परेका हुन् ।।