रुपेन्देही, ५ भदौ ।
रुपन्देहीमा सर्पले टोक्दा मृत्यु भएका भनिएका एक व्यक्तिको दाहसंस्कारका क्रममा शरिरका अंग चल्न थालेपछि अस्पतालमा भर्ना गरिएको छ । दाहासंस्कार गर्न लाग्दा जीवित मानिसले जस्तै शरीरका अङ्ग चलाउन थालेको घटनाले सबैलाई चकित पारेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका–९ देउपारका जोखु चौधरीलाई शुक्रबार बेलुका घरमै सर्पले डसेको थियो । सर्पको डसाइपछि उनलाई तत्कालै उपचारार्थ लुम्विनी अञ्चल अस्पताल बुटवलमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
अस्पतालमा मृत्यु भएका जोखुलाई परिवारले राति नै घर लगेर आफ्नो संस्कारअनुसार शनिबार बिहान कपिलवस्तुको लक्ष्मणघाटमा दाहसंस्कार गर्न लाग्दा उक्त व्यक्तिले पुनःजीवित मानिसले जस्तै हातखुट्टा चलाउने र शरीरबाट पसिना निकालेपछि सबैलाई चकित पारेका थिए ।
मृत्यु भएका भनिएका व्यक्तिको शरीरमा त्यस्तो अवस्था देखा परेपछि परिवार तथा दाहसंस्कारमा पुगेका मलामीले उनलाई पुनः भैरहवास्थित मेडिकल कलेज पुर्याइ भेन्टिलेटरमा राखेको करिब एक घण्टापछि त्यहाँ पनि चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।
चिकित्सकले मृत्यु घोषणा गरेका केही व्यक्तिमा अपवादको रुपमा यस्तो प्रतिक्रिया देखिने सम्भावना रहेको र यस्तो अवस्थालाई ‘रिगोर मोर्टिस’ भएको मानिने लुम्विनी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विकास देवकोटाले बताए ।।
मृत घोषित व्यक्तिको दाहासंस्कारका क्रममा हातखुट्टा चलेपछि
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.