SAMSUNG CSC

इन्द्रेणी संवाददाता
दाङ, १ भदौ
दाङ रामपुर गाबिस ३ बालिमखोला किनारमा बस्दै आएका बृद्ध दम्पत्तीको आबास निर्माणका लागि सहयोग रकम जुट्ने क्रम जारी छ । यसैक्रममा मंगलवार घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बेसहारा बृद्ध दम्पत्तीको आबास निर्माणमा साढे सात हजार रुपैयाँ सहयोग गरेको छ ।

SAMSUNG CSC
SAMSUNG CSC

बृद्ध दम्पत्तीको दयनिय अबस्थाका बारेमा सञ्चार माध्यमबाट थाहा पाएपछि संस्थाले आवास निर्माणमा साढे सात हजार रुपैयाँ सहयोग गरेको हो । संस्थाका अध्यक्ष देबिबहादुर डिसी, सचिब सुमन शर्मा, कोषाध्यक्ष धु्रब केसी लगाएतका पदाधिकारी एवं कर्मचारीहरुले आज संयुक्तरुपमा नमबहादुर आईती घर निर्माण समितिका संयोजक प्रकाश शाही र आर्थीक समितिका सदस्य निमुसंगम घर्तीलाई हस्तान्तरण गर्नुभएको हो ।

बेसहारा दम्पत्तीको सुरक्षीत आबासका लागि थालिएको अभियानमा सहभागि हुन पाएकोमा संस्थाका अध्यक्ष डिसीले खुसी समेत व्यक्त गर्नुभएको छ । घर निर्माण समितिले आउँदै गरेको हरीतालिका तीज अघि नै घर उपलव्ध गराउने तयारीका साथ काम अघि वढिरहेको घर निर्माण समितिका संयोजक प्रकाश शाहीले जानकारी दिनुभयो ।।