भक्तपुर १ भदौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला प्रतियोगियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । देशभर गरी ५ सय ८६ वटा केन्द्र तय गरेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
आगोगले सिम्बोल नम्बर अनुसार केन्द्र तय गरेको छ । भदौ ११ गते विहान ८ बजे देखि हुने परीक्षाका लागि कूल १ लाख १६ हजार ३ सय ४० जनाको आवेदन परेको आयोगल ेजनाएको छ ।
विभिन्न विषयमा गरी एक हजार १ सय १७ पदका लागि आगोग खुलेको थियो ।
केन्द्र थाहा पाउन यहाँ क्लिक गर्नुहोला










