दाङ, ३२ साउन
घोराही नगरपालिका–६ मसिनामा रहेको नागेश्वर महादेव पार्वती मन्दिर परिषरमा शिव मन्दिर निर्माण सूरु गरिएको छ । मन्दिरको हिजो एक कार्यक्रमका वीच शिलन्यास गरिएको हो । शिव मन्दिरको मन्दिरका मुख्य पुजारी माता पार्वती विक र दात सुभाष गौतमले संयुक्त रुपमा शिलन्यास गर्नुभएको मन्दिर व्यवस्थापन समितिका सचिव केशव केसीले जानकारी दिनुभयो ।
हिजोवाट निर्माण सुरु गरिएको मन्दिर एक महिना भित्र निर्माण सम्पन्न गर्ने येजना रहेको उहाँले जानकारी दिनुभयो ।
उक्त मन्दिरका लागी सहयोगीदाता सुभाष गौतमले २५ हजार, ५ सय २५ र अन्य दाताहरुले २० हजार रुपैयाँ सहयोग गरेका छन ।
२ लाख ५० हजारको लागतमा मन्दिर निर्माण सूरु भएको हो ।।











