जाजरकोट, २७ साउन
विमला शर्मा ,संघीय संरचनामा जाजरकोटमा सात वटा स्थानीय तह हुनुपर्ने स्थानीयवासीले माग गरेका छन् । नयाँ संविधान अनुसार वन्ने स्थानीय निकायको पुर्नसंरचनाका लागि गठित आयोगको जिल्ला प्राविधिक सहयोग समिति जाजरकोटले मंगलवार सदरमुकाम खलंगामा आयोजना गरेको परामर्ष वैठकमा भाग लिदै स्थानीय वासीले उक्त माग गरेका हुन् । स्थानीय निकाय पुर्नसंरचनाका लागि गठित प्राविधिक समितिले प्रस्तुत गरेको १ वटा नगरपालीका तथा ५ वटा गाउँ पालिकाको प्रस्तावमा आफनो सुझाव दिदै जिल्ला वासीेले भुगोल र जनसंख्याको आधारमा जिल्ला लाई ७ वटा गाउँ तथा नगरपालिकाहरु हुनु पर्ने सुझाव दिएका छन ।

57_aaaaaaराज्य पुर्नसंरचना आयोगले जाजरकोटमा ५ वटा स्थानीय तह हुने भनी गरेको निर्णय सच्याउन जिल्लावासीले माग गरेका छन । परामर्ष वैठकमा जिल्ला स्थित विभिन्न राजनैतिक दलहरुले आआफनो तर्पmवाट विभिन्न प्रस्तावहरु छलफलका लागि राखेका थिए । नेपाली काँग्रेसले ६, नेकपा माओवादी केन्द्रले ६ र एमालेले ७ वटा गाउँपालिकाको प्रस्ताव गरेका थिए ।

जिल्लाको जनसंख्या र भुगोलका आधारमा ६ स्थानीय तह ठीक भएको र अझै सवैको माग भएमा ७ स्थानीय तहलाइ पनि मान्न सकिने नेपाली काग्रेश र माओवादी केन्द्रका नेताले वताएका छन । जिल्लाको विकासको अवस्था सन्तुलन लगाएतका विषय मिलाउन सात स्थानीय तहको प्रस्ताव गरेको एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले वताए ।

कार्यक्रममा वोल्ने स्थानीय सर्वसाधारण , नागरिक समाज र अन्य दलका नेता कार्यकर्ताहरुले पनि जिल्लाको समग्र अवस्थाका आधारमा ७ वटा नगर तथा गाउँ पालिकाहरु हुनु पर्ने सुझाव राखेका छन् । स्थानीयले जिल्ला सदरमुकाम रहेको भेरीमालिका नगरपालिकाको नाम परिवर्तन गरि खलंगा नगरपालिका राख्नु पर्ने सुझाव दिएका छन् । स्थानीयहरुको सुझाव र दलीय सहमति अनुसार जिल्लामा स्थानीय तहको सिमांकन तथा नामाकरण र संख्या निधारण वारे प्रतिवेदन आयोगमा पठाइने स्थानीय विकास अधिकारी इन्द्र गौतमले वताए । उनले सवै पक्षको सल्लाह र सुझावका आधारमा आफुले ६ स्थानीय तहको खाका तयार पारिएको वताए ।।