श्रावण २७, काठमाडौं । चितवनका सुकुम्बासी प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी बाँदरझुलाको सुकुम्बासी बस्ती हटाउने पूर्व सरकारको निर्णयप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

pr1

मन्त्री बिक्रम पाण्डे, पूर्व उपप्रधानमन्त्री अमिक शेरचन, नेकपा ( माओवादी केन्द्र ) का सभासद् डिआर पौडेल, एमाले सभासद् शिबकुमारी गोतामे, कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ सम्मिलित सर्वपक्षीय प्रतिनिधिहरुसहित आएका सुकुम्बासीहरुले बैकल्पिक व्यवस्था बिना वर्षौदेखि बस्दै आएका सकुम्बासीहरुको बस्ती हटाउने पूर्व सरकारको निर्णय फिर्ता लिन माग गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सुकुम्बासीका मागलाई गम्भीर रुपमा लिएको छु । म प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै तत्काल सुकुम्बासी बस्ती नहटाउनु, पछि बुझेर आवश्यक निर्णय गरौला भनेको थिएँ । मन्त्रीमण्डलको बैठकमा यसबारे आवश्यक निर्णय गरिनेछ ।’