देउखुरी २३ साउन, देउखुरीको गंगापरस्पुर स्थित सालझुण्डी सामुदायिक वनमा बिभिन्न प्रजातिका १६ हजार बिरुवा रोपिएको छ । वन खण्डको बिभिन्न क्षेत्रमा अम्रिसो, कोइराल, सिमल, बाँस, मौवा र ईमली प्रजातिका बिरुवाहरु रोपिएको सो वनका कोषाध्यक्ष रामलक्ष्मण शाहले जानकारी दिनुभएको छ ।

tree-plantation-648x430बिगतका दिनहरुमा बदनाम भएको इतिहास बोकेको अहिले राम्रा कामहरु गर्दै आएको उक्त सामुदायिक वनले हाल  चोरी निकासी र चोरी तस्करी नियन्त्रणका लागी वन क्षेत्रहरुमा घुम्ती गस्ती समेत संचालन गरिरहेको ईलाका वन कार्यालयले जनाएको छ । राप्तीपारीको मदपुर नसहवा,ज्योती,उपल्लो मदपुर लगाएतका सामुदायिक वनहरुले पनि बिरुवा रोपण गरेका छन् । सबै सामुदायिक वनहरुलाई सेक्टर वन कार्यालयले विरुवाहरु उपलब्ध गराएको हो ।