सप्तरी, २३ साउन
मधेसी मोर्चा आबद्ध नेपाल सदभावना पार्टीले सप्तरी जिल्लास्थित नेपाल पत्रकार महासंघको भवन कब्जा गरेको भन्दै महासंघ पदाधिकारी गुहार माग्न काठमाडौं पुगेका छन् । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले कब्जा गरेको नेपाल पत्रकार महासंघ सप्तरीको भवन राजविराजस्थित पत्रकार महासंघको नवनिर्मित भवनमा महासंघको कार्यालय सर्न नपाउँदै सदभावना पार्टीले अनधिकृत रुपमा कब्जा जमाएको हो ।
मधेसी मोर्चाले यसअघि आन्दोलनका बेला त्यहाँका पत्रकारलाई धम्की दिँदै आएको थियो । मोर्चाको धम्कीकै कारण महासंघका जिल्ला अध्यक्ष प्रकाश खतिवडा सहितका पदाधिकारीले केही समय जिल्ला छाड्न बाध्य भएका थिए । यसैबीच नेपाल पत्रकार महासंघले कार्यालय भवन राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले अनधिकृत रुपमा कब्जा गरेको भन्दै आपत्ति जनाएको छ ।
महासंघका महासचिव उजिर मगरले कब्जा कार्यालय त’?न्त छाड्न ध्यानाकर्षण गराएका छन् . महासंघले विज्ञप्ति जारी गरी सो घटनाको सत्य तथ्य छानविन गरी दोषीमाथि कारवाहीको माग समेत गरेको छ । महासंघ भवन कब्जा भएकोमा जिल्ला शाखाले बिरोध जनाएको थियो ।।
