काठमाडौं । मृतक गणेश नेपालीको न्याय माग्दै संयुक्त विद्यार्थी संगठनले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। नेपालीले आत्मदाह गरेको घटनामा सरकारको विरोध गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

माइतीघरबाट अघि बढ्ने प्रयास गरेपछि प्रदर्शनकारी र प्रहरीबीच केहीबेर धकेलाधकेल भएको थियो। हिजो त्रिपुरेश्वरस्थित राहादानी विभाग अगाडि महानगर प्रहरीले नेपाली चढेको मोटरसाइकलमा ह्वील लक लगाएपछि शरीरमा पेट्रोल हालेर आत्मदाहको प्रयास गरेका थिए । मुगु घर भएका २५ वर्षका नेपालीको आज उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ ।