दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा ध्रुब केसी निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिका लागि बैशाख २६ गते भएको निर्वाचनको मत परिणाम अनुसार केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । केसीले २५९३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी किशोर कुमार आचार्य ६८० मत र सुमन शर्माले १५५ मत ल्याएका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा १९१६ मत ल्याएर भरतमणि पाण्डे विजयी भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा खुमा कुमारी खड्का, सचिवमा धर्मेन्द्र श्रेष्ठ, र कोषाध्यक्षमा टिकाराम वली विजयी भएका छन् । नयाँ कार्यसमितिमा महिला उपाध्यक्ष बाहेक अन्य सबै पदाधिकारी केसी प्यानलकै उम्मेदवार विजयी भएका छन् ।

यस्तो थियो केसी नेतृत्वको चुनावी प्यानल