काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । र बाँकी पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागेको छ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ।











