धादिङ । धादिङको बेनिघाट बाँदरेमोडमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडक बन्द भएको छ । गएराति खसेको पहिरोले सडक दुईतर्फी नै बन्द रहेको हो । धादिङ प्रहरीका अनुसार पहिरो हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ ।
नारायणगढ–मुग्लिन सडकमा भने नियमित रूपमा गाडी सञ्चालन भइरहेको छ । तुइनखोलामा पहिरो खस्दा शुक्रवारदेखि बन्द सडक अस्ति आइतवारदेखि एकतर्फी खुलाइएको थियो । हिजो बेलुकीदेखि भने सडक दुईतर्फी नै सञ्चालन भइसकेको छ ।











