काठमाडौं । जिल्ला अदालत भक्तपुरले गुन्डा नाइकेका रुपमा चिनिने चक्रे मिलन (मिलन गुरुङ) लाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रवार न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले १ लाख १० हजार धरौटीमा चक्रे मिलनलाई छाड्न आदेश दिएको हो ।

यसअघि काठमाडौं अदालतले पनि चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। चक्रेविरुद्ध बिहीबार ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो ।

एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेविरुद्ध जाहेरी परेको थियो । आफ्नो भतिज मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए । चक्रे मिलनलाई प्रहरीले साउन १५ गते राति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको थियो ।