विजौरी । लगातार परेको वर्षाले खप्तडी बस्नेत वंशावली अनुसन्धान तथा उत्थान समिति केन्द्रीय कार्यालय हेमन्तपुरमा क्षति पु¥याएको छ ।

केही हप्ता अगाडि कुलपूजाको लागि समथर बनाएको जमिनलाई पानीले बगाउदा नवनिर्वित आर.सी.सी पर्खाल समेत भत्किएको छ । समितिका अध्यक्ष डिल्ली वहादुर बस्नेतका अनुसार वस्नेत वन्धुवान्धवहरुबाट मुट्ठी दान र आर्थिक संकलन गरी बनाएको पर्खालमा क्षति पुगेको छ ।

यसैबीच समितिको आज विहीवार बसेको आकास्मिक वैठकले तत्काल सहयोग माग्ने निर्णय गरेको छ । उक्त बैठकका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, वडा नम्वर १७ का वडाध्यक्ष थलराज पुरीले आ–आप्mनो स्थरबाट जे–जति हुन्छ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

२०६३ सालमा औपचारिक रूपमा दर्ता गरिएको खप्तडी बस्नेतले वंशावली प्रकाशन गर्नुका साथै तुलसीपुर उपमहानगरपालिका १७ स्थित हेमन्तपुरमा १ विगाह १० कठ्ठाभन्दा बढी जग्गामा कुल मन्दिर, शिव मन्दिर, गणेश मन्दिर, भुवनेश्वरी देवीको मन्दिर, एउटा सभाहल र गोदामहल निर्माण गरिसकेको छ ।