काठमाडौं । आज नागपञ्चमी । आज परम्पराअनुसार नागको पूजा गरिन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन नागपञ्चमी पर्व मनाइन्छ ।

आज नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ ।

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आज नागको पूजा गर्नका लागि विभिन्न नागेश्वर मन्दिरहरुमा भिड हुने गर्दछ ।

आजकै दिन थारु समुदायको गुरही पर्व र यादव समुदायले गुडिया पर्व मनाउने गर्दछन् । यसका लागि केही पालिकाहरुले सार्वजनिक विदा समेत दिएका छन् ।