दाङ । लुम्बिनी प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) फेरि सहभागी भएको छ । समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको लोसपा एक महिना नहुँदै सरकारमा सहभागी भएको हो।

गत असार १७ गते लोसपाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। तर आइतबार प्रदेश सरकारलाई समर्थन रहेको भन्दै प्रदेशसभा सचिवालयमा पत्र बुझाएको छ ।

सरकारमा फर्किएपछि सन्तोषकुमार पाण्डेयलाई खेलकुद मन्त्री नियुक्त गरेको छ। यसअघि यो मन्त्रालय मुख्यमन्त्री चेतनारायण आचार्यले आफैसँग राखेका थिए ।