जाजरकोट । गएराति जाजरकोटको नलगाड नगरपालिका दल्लीबाट रिम्नातर्फ आउँदै गरेकोा रा १ क १५०१ नम्बरको टिपर भेरी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् । टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा नं. १४ को पिपलचौरबाट नदीमा खसेको हो ।
इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेको बताइएको छ । बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको छ । तर यो समाचार तयार पार्दासम्म उनीहरुको अवस्था अज्ञात नै छ ।
बेपत्ताहरुको नाम ठेगाना भने खुल्न नसकेको प्रहरीले जनाएको छ। खोजी कार्य जारी रहेपनि टिपर खसेको भनिएको स्थानमा पानीको चाप अत्यधिक भएका कारण कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।











