सन्तोष दहित
दाङ । दाङको बंगलाचुली गाउँपालिकाले कृषकलाई मुर्रा जातको वेलन राँगो वितरण गरेको छ । गाउँपालिकाले लागत साझेदारीमा नस्लसुधार कार्यक्रम अन्तर्गत शतप्रतिशत मूर्राराँग वितरण गरेको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरको उपस्थितिमा कृषकहरुका लागि आज राँगा वितरण गरिएको हो ।

गाउँपालिकाले बंगलाचुली गाउँपालिका वडा नम्वर ८ स्वामीघाटस्थित जनहित कृषक समूह र गोठीवनमा रहेको कस्तुरी कृषक समूहलाई भारतको हरियाणाबाट लिएको मुर्राराँगो वितरण गरेको छ। गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले राँगोलाई कृषक समूहको जिम्मा लगाएका थिए ।

गाउँपालिकाको ५० प्रतिशत अर्थात २ लाख र कृषक समूहरुको ५० प्रतिशत अर्थात २ लाख गरी जम्मा ४ लाखमा राँगोको खरिद गरिएको थियो । प्रति मुर्राराँगो २ लाख परेको बंगलाचुली गाउँपालिका पशु सेवा शाखा कार्यालयका पशुस्वास्थ्य अधिकृत माधव भट्टराईले जानकारी दिए ।