काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई जेल चलान भएका राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद खारेज भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेदवार हुनसमेत अयोग्य भएको उल्लेख गर्दै गुरुङले विवरण झुक्याएर सांसद बनेको ठहर गरेपछि मनाङेको सांसद पद गएको हो । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई गएको कात्तिक अन्तिम हप्ता उनी जेल चलान भएका थिए ।

गुरुङलाई सर्र्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मिति हिजोदेखि लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको छ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीश सपना मल्ल प्रधान, हरि फुयाल, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासको निर्णयसँगै मनाङ ‘ख’मा उपचुनाव हुने भएको छ । उनी मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।