काठमाडौँ । काठमाडौं जिल्ला अदालतले राप्रपा महामन्त्री धवल शमशेर राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । तीनकुने घटनाका आरोपी राणालाई सोमबार न्यायाधीश शिवप्रसाद खनालको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।
क्यान्सरका बिरामीसमेत रहेका उनलाई उपचारका निम्ति सरकारी वकिलको कार्यालयको सहमतिको हाजिरी जमानीमा छाडिएको थियो ।
चैत १५ गते राजावादी आन्दोलनमा हिंसा मच्चाएको आरोपमा पक्राउ परेका राणा गत वैशाख ७ गते हाजिरी जमानीमा रिहा भएका थिए ।











