काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ जना नेपालीहरू गएराति काठमाडौं आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत उनीहरुलाई फर्काइदिएको हो ।

अमेरिकी कानुन उल्लङ्घन गरेको आरोपमा अमेरिकाबाट डिपोर्ट अर्थात् निष्कासितमा परेका ३२ पुरुष र पाँच जना महिला राति काठमाडौं आइपुगेका अध्यागमन विभागले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता अहिलेसम्म एक सय ७७ जना नेपाली निष्कासनमा परेका छन् । प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले डिपोर्टमा परेकाहरुलाई सोधपुछ गरेर घर जान दिने गरेको छ ।