दाङ । दाङका पत्रकार ओपेन्द्र बस्नेत “वातावरण प्रवद्र्धन पत्रकारिता पुरस्कार“बाट सम्मानित भएका छन् । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा आयोजित एक विशेष समारोहमा पत्रकार बस्नेतलाई सम्मानित गरेको हो ।
पत्रकारितामार्फत वातावरण संरक्षणमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै पत्रकार बस्नेतलाई नगद ५० हजारसहित प्रमाणपत्रले सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्षसमेत रहेका बस्नेत हाल रेडियो प्रकृति एफएम तुलसीपुरमा स्टेशन म्यानेजरको रुपमा कार्यरत छन् भने अन्य विभिन्न अनलाइन, पत्रपत्रिकामा पनि आवद्ध छन् ।
