दाङ । आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा फागु पूर्णिमा (होली) पर्व हर्षोल्लासका साथ मनाइएको छ । रङ्ग खेलेर एक अर्कामा शुभकामना आदानप्रदान गर्दै यो पर्व मनाइएको हो ।

काठमाडौंको वसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव नै गरियो । त्यहाँ वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि फागु पूर्णिमा मनाए । तराइँका जिल्लामा भने भोलि होली पर्व मनाईदैछ ।