काठमाडौं । देशका पहाडी क्षेत्रमा आज फागुपर्व (होली) मनाइँदैछ। यो पर्व फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ । विभिन्न रङ लगाउदै आपसमा शुभकामना आदान प्रदान गर्दै यो पर्व मनाइन्छ । यो पर्व बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा उल्लेख छ।

वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त गरेर एक आपसमा खुशी साट्ने दिनका रूपमा लिइन्छ। तराई-मधेशमा भने भोलि मात्रै यो पर्व मनाइन्छ । सरकारले पहाडी जिल्लाहरूमा आज र तराइँमा भोलि सार्वजनिक बिदा दिएको छ।