घोराही । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
आज मङ्गलबार भएको उद्घाटन खेलमा दाङ सोसाइटी क्लबले रोयल बङ्गलाचुली युवा क्लबलाई २–१ को सेटमा हरायो । फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका १० टिमको सहभागीता रहेको छ ।
जसमा राजपुर गाउँपालिका, दङ्गीशरण गाउँपालिका, मनिमुकुन्द भलिबल क्लब रूपन्देही, होराइजन क्लब बुटवल, प्वाङ सेवा समाज दाङ, ओली वंश समन्वय समिति दाङ, गोरखा बोर्डिङ लमही, दाङ सोसाइटी क्लब र रोयल मुर्कुटी युवा क्लब बङ्गलाचुली रहेको छ ।
प्रतियोगितामा विजेता टिमले उपाधिसहित दुई लाख ५१ हजार रुपियाँ, उपविजेताले एक लाख २५ हजार र तेस्रो हुनेले ५० हजार रुपियाँ पुरस्कार पाउनेछ । खेल घोराहीस्थित जिल्लला समन्वय समितिको खेल्ला मञचमा भइहेको छ ।











