काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई संविधान मिच्ने उस्ताद भएको आरोप लगाएका छन् । नेपालले ओलीलाई संविधान मिच्ने उस्तादको संज्ञा दिदै अदालत र नागरिकले गलत ठहर गर्दा पनि दुई पटक संसद विघटन गरेको बताए ।
‘प्रधानमन्त्रीजी संविधान मिच्ने कुराको उस्ताद हुनुहुन्छ । र त्यो गर्ने कुराप्रति गौरब बोध गर्नु हुन्छ । उहाँलाई संविधानसँग मतलब छैन, कानुनसँग मतलब छैन, विधिसँग मतलब छैन र व्यापक छलफल परामर्शसँग पनि कुनै मतलब छैन । जति धेरै छलफल गर्यो त्यति धेरै राम्रो हो,’ उनले भने।
शुक्रबार काठमाडौंमा आयोजित भूमि अध्यादेशसम्बन्धी अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले नराम्रो पृष्ठभूमि बोकेका प्रधानमन्त्रीबाट राम्रो उद्देश्य राखेर राम्रो काम हुन्छ भन्ने आश गर्न नसकिने बताए। ‘पहिले संविधानमा हुँदै नभएको प्रावधानलाई प्रयोग गरेर उहाँले प्रतिनिधिसभा विघटन गरेको इतिहास पुरानो भएको छैन । यस्तो पृष्ठभूमि बोकेका प्रधानमन्त्रीबाट राम्रो उद्देश्य राखेर राम्रो काम गरिएको होला भन्ने कुराको आशा गर्न सकिँदैन’, नेपालले भने,











