इन्द्रेणी संवाददाता
दाङ, फागुन १४ । दाङ जिल्ला उद्योग वाणिज्य संघद्वारा आयोजित घोराही महोत्सवमा राष्ट्रिय लोकगायिका सपना शाहीको बेजोड प्रस्तुति दर्शकहरूका लागि अविस्मरणीय बन्यो।
दैलेखमा जन्मिएकी र हाल काठमाडौंमा बसोबास गर्दै आएकी गायिका शाहीले आफ्ना चर्चित लोकगीतहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध पारिन् ।
करिब आधा दर्जन गीत गाएकी उनले बालकदेखि वृद्धसम्म सबैलाई नचाउन सफल भइन्।
लोकसंस्कृतिमा विशेष पहिचान बनाउँदै गएकी शाही पछिल्लो समय मेला-महोत्सवहरूमा अत्यधिक रुचाइएकी छिन्।
दाङमा पहिलो पटक प्रस्तुति दिने अवसर पाएकोमा उनले उत्साह व्यक्त गर्दै घोराहीको सांगीतिक माहोललाई अझ रोमाञ्चक बनाइन्।
दर्शकहरूको जोशिलो साथ र नृत्यले महोत्सवलाई थप रौनक प्रदान गरेको थियो ।
तस्वीरहरु:
भिडियो लिंक:
https://www.facebook.com/share/v/18WUTQFRgC/?mibextid=wwXIfr
